बेलुन डो अरको मनोनयन सार्वजनिक, मेसी र नेइमार परेनन्

काठमाडौँ । फ्रेन्च फुटबल एसोसिएसनले हरेक बर्ष प्रदान गर्ने बेलुन डो अरको मनोनयन सार्बजनिक गरिएको छ । गएराती सार्बजनिक गरिएको सूचीमा लियोनेल मेसी र नेइमार परेका छैनन् । शुरुवाती मनोनयनमा लिभरपुलबाट ७, म्यानचेस्टर सिटी र रियल म्याड्रिडका ६-६ खेलाडी परेका छन् ।

यो सूची परेका खेलाडीहरुमा लिभरपुलबाट मोहमद सलाह, ट्रेन्ट अलेजेन्डर आर्नोल्ड, लुइस डियाज, फाबिन्हो, भर्गिल भान डिक, डर्विन नुनेज रहेका छन् । त्यस्तै म्यानचेस्टर सिटीका फिल फोडेन, केभिन डी ब्रुने, रियाद महरेज, जोआओ कान्सेलो, एर्लीङ हालाण्ड, बेर्नान्डो सिल्भा रहेका छन् । त्यसैगरी रियल म्याड्रिडबाट करिम बेन्जमा, थिबाउट कोउर्टोइस, भिनिसियस जुनियर, कासेमिरो, लुका मोड्रीच, एन्टोनियो रुडीगेर, रहेका छन् ।

त्यस्तै बायर्न म्युनिखका जोशुआ किमिच, साडियो माने रहेका छन् भने एसी मिलानका राफेल लिअओं र माइक माइगनान, आरबी लेइपजिंगका क्रिस्टोफर कुनकु, बार्सिलोनाका रोबेर्ट लेवानडोस्की, टोटनह्यामका सो हेंग मिन, डोर्टमण्डका सेब्स्टेन हालेर, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, पिएसजीका किलियन एम्बाप्पे र युभेन्ट्सका दुसान भ्लाहोभिक रहेका छन् । बेलुन डो अर् अवार्ड १७ अक्टोबरमा पेरिसमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *