महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

काठमाडाैँ । बैतडीस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर दुई किशोरी बेपत्ता भएका छन् । नदीमा नुहाउन गएका दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया कविता टमाटा र सोही ठाउँकी १४ वर्षीया संगीता टमाटा बगेर बेपत्ता भएका हुन् ।

क्रबार दिउँसो करिब २ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा उनीहरु बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।

सँगै गएकी अर्की किशोरीले घटनाबारे बताएपछि प्रहरी खोजी कार्यमा लागेको छ । ‘साँझ ७ बजे मात्र जानकारी पायौँ, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीमा जुटेको छ,’ प्रहरी निरीक्षक जोशीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *