थुलुङ दुधकाेशी गाउँपालिका ५ काे वडाभवन उद्घाटन, पालिका प्रमुख राई भन्छन्- ‘सबै वडामा समान विकास गर्छाैँ’

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिका वडा नं. ५ काे भवन उद्घाटन गरिएकाे छ । भवन पालिका अध्यक्ष असिम राईले उद्घाटन गरेका हुन् । गाउँपालिका र जिल्ला समन्वय समिति, सोलुखुम्बुको लागत साझेदारीमा निर्मित वडा ५ को वडाभवन शुक्रबार एक औपचारिक कार्यक्रममार्फत् उद्घाटन गरिएकाे हाे ।

यसअघिसम्म हिमालय माविकाे भवनबाट प्रवाह गरिँदै आएकाे प्रशासनिक सेवा अब भने वडाले आफ्नै वडाबाट प्रवाह गर्नेछ । वडाध्यक्ष चन्द्रबहादुर राईले आफ्नै भवनबाट सेवा प्रवाह गर्न पाउँदा खुसी लागेकाे बताए ।

भवन उद्घाटन गर्दै पालिका प्रमुख राईले स्थानीय सरकारले भौतिक पूर्वाधार निर्मा‌णदेखि जनजीविकाको सवालमा उत्तिकै काम गरिरहेको बताए । भौगोलिक हिसाबले जुबु र लोखिम पालिका केन्द्रदेखि विकट रहेको विषयलाई मध्यनजर राखी काम गरिरहेको उनले बताएका छन् । ‘गाउँपालिकाको ९ वटै वडालाई समान ढंगले विकास गर्ने अवधारणा छ । यसलाई आत्मसाथ गर्दै हामी अगाडि बढ्छाैँ,’ प्रमुख राईले भनेका छन्, ‘त्यसमा पनि वडा नं. ४,५ र ९ पालिका केन्द्रबाट अलिक टाढा र विकटमा छ । तर यी वडाहरूलाई विकास र सेवामा पछि रहन दिँदैनाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *