साेलुखुम्बुमा आंगिक शिक्षालय स्थापना हुने
२०७९ साउन २७ गते

साेलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय स्थापना हुने भएकाे छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, भक्तपुरले शिक्षालय स्थापनाका लागि अनुमति दिएको हाे ।
सोलखुम्बुका सङ्घीय सांसद हेमकुमार राई ‘सुरवीर’काे पहलमा नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय स्थापना गर्ने अनुमति प्राप्त भएको हाे । शिक्षालय स्थापनाका लागि ३५ रोपनी जग्गाको आवश्यक पर्नेछ । आफ्नै भौतिक संरचनासहित शिक्षालय स्थापना हुने सांसद राईको सचिवालयले जनाएको छ ।
जिल्लामा शिक्षालय स्थापनापछि हजारौं विद्यार्थी प्राविधिक शिक्षा तथा सीपमूलक तालिम लिनका लागि ठूलो रकम खर्चिएर बाहिर जानुपर्ने बाध्यता हट्ने सांसद राईकाे विश्वास छ ।

२०७९ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








