अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

काठमाडाैँ । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेका हुन् ।

उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।

उनले ‘द्रव्य,’ ‘सौर्य,’ ‘हसियाँ,’ ‘ठमेल डटकम,’ ‘हाउ फन्नी,’ ‘वीर विक्रम,’ ‘कमलेको बिहे,’ ‘कृ,’ ‘हुर्रे,’ ‘लिलिबिली,’ ‘पुरानो बुलेट’ लगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *