अध्यक्ष नेपाललाई कोरोना संक्रमण
२०७९ साउन २६ गते

|नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः मकालुखबर|
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण देखिएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अहिले सामान्य लक्षण मात्र देखिएकाले घरमै स्वास्थ्यलाभ गरिरहेको पनि उनले बताएका छन् । अध्यक्ष नेपालले लेखेका छन्, ‘आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु ।’
यस्तै उनले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि उल्लेख गरेका छन् ।
२०७९ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








