कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

बागमती । मकवानपुरमा कोरोना सङ्क्रमणका कारणले थप एक ६० वर्षीय व्यक्तिको आज मृत्यु भएको बागमती प्रदेश प्रहरीको कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–१ का ६० वर्षीय पुरुष रहेको बताइएको छ । उनको भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उनलाई गत साउन १६ गते हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणको जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *