एमाले स्थायी कमिटी बैठक भदाै ७ गते

काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय कमिटीका सबै सदस्यहरू, केन्द्रीय निकाय अनुशासन, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय प्रतिनिधि परिषद्का‌ पदाधिकारीहरू समावेश हुने गरी निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

त्यस्तै बैठकले निर्वाचनका लागि केपी ओली कै नेतृत्वमा ८ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । घोषणापत्र मस्यौदा कमिटीमा ईश्वर पोखरेल रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिट्ब्युरो बैठक बोलाउने निर्णय गरेको छ भने १० र ११ गते ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको गुरुङले बताए ।

त्यस्तै बैठकले केही केन्द्रीय विभागका सचिवहरूको मनोनयन र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =