सत्तारूढ कार्यदलको बैठक सकियो, के-के भयो आज ?

काठमाडौँ । सत्तारुढ कार्यदलको दोस्रो बैठक सकिएको छ । सत्तारुढ गठबन्धनको सिट सङ्ख्या बाँडफाँटका लागि गठित कार्यदलको दोस्रो बैठक सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक साउन ३० गते फेरि बस्ने गरी टुङ्गिएको हो । पाँचवटै पार्टीमा रहेका शीर्ष नेतालाई जसरी पनि संसद्मा ल्याउनुपर्ने रणनीतिसहित गठबन्धनमा सहमति कायम गर्ने समझदारी बनेको छ ।

बैठकपछि कार्यदल सदस्य नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले भागवण्डाको मोडालिटीबारे सहमतिनजिक पुगेको प्रतिक्रिया दिएका छन् । उनले साउन ३० गते फेरि बैठक बसेर थप छलफल गरिने पनि बताए ।

उनले भने ‘कार्यदलको बैठकमा मुख्यतः सिट बाँडफाँडको विभिन्न मोडालिटीबारे छलफल भयो । मोडालिटी तयार गर्ने विषयमा सैद्धान्तिक सहमति पनि जुटेको छ । त्यसका लागि एकपटक आ-आफ्नो दलभित्र छलफल चलाउने कुरा भएको छ  ’

‘हाइ प्रोफाइल लिडरहरूलाई संसद्मा ल्याउनुपर्छ, त्यसका लागि गठबन्धनमा साझा सहमति खोज्ने भन्ने भएको छ,’ अर्का नेताले भने, ‘शीर्ष नेताहरूले पाएको मतको पनि विश्लेषण गर्ने भन्ने छ ।’

यी तीन आधारमा बाँडफाँटको कुरा भए पनि सबै पार्टीहरूमा फेरि छलफल गरेर बैठक ३० गते बस्ने निर्णय भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

साउन २४ गते बसेको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कार्यदल संयोजक तोकेको थियो । कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =