‘लाल सिंह चड्डा’ अनलाइनमा लिक

एजेन्सी । अभिनेता आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’ लिक भएको छ ।

फिल्म ‘लाल सिंह चड्डा’ रिलिज हुनेबित्तिकै तमिलरकर्स र मुभिरुल्जले इन्टरनेटमा लिक गरेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतको ३ राज्यमा फिल्म रिलिजमा प्रतिबन्ध समेत गरिएको छ । यसैबीच अब फिल्म दुई वटा अनलाइनमा लिक भएको हो ।

फिल्मका निर्माताहरू लामो समयदेखि फिल्म रिलिजको पर्खाइमा थिए । फिल्मलाई लिएर निर्मातामा पनि निकै उत्साह थियो । यति मात्र होइन, फिल्मको स्टार कास्टले पनि यसको प्रचार प्रसारमा कुनै कसर बाँकी राखेका थिएनन् ।

लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो । अद्वेत चन्दनको निर्देशन रहेको फिल्ममा आमिर खान, करीना कपूर खान, नागा चैतन्यको मुख्य भूमिका रहेको छ । दक्षिण भारतीय अभिनेता चैतन्यले यस फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् ।

फिल्म बिहीबारबाट रिलिज भएको हो । फिल्मलाई आमिर र उनको पूर्व श्रीमती किरण रावले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.