१० हजार लिटर घरेलु मदिरा र ८० हजार लिटर कच्चापदार्थ नष्ट

बारा । प्रहरीले बाराकाे महागढीमाई नगरपालिका ३ र १० गंजभवानीपुरमा विभिन्न घरबाट ठूलाे परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेकाे छ ।

नष्ट गरिएकाे मदिराकाे परिमाण १० हजार लिटर रहेकाे प्रहरीले जनाएकाे छ । त्यस्तै, साेही टोलबाट ८० हजार लिटर मदिरा बनाउन प्रयाेग हुने कच्चा पदार्थ समेत प्रहरीले नष्ट गरेकाे छ ।

विशेष सूचनाको आधारमा बुधवार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १०/१२ हजार लिटरभन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङकीहरू फेला परेकाे हाे ।

साे क्रममा ट्याङ्कीहरूमा अस्वस्थकर र न्यूनगुणस्तरको रक्सी उत्पादन गर्न लुकाई छिपाई भण्डारण र सञ्चालन गरिरहेका १७ वटा अवैध भट्टीहरू उक्त मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

त्यस्तै, प्रहरीले रक्सी उत्पादन गर्ने मेसिन, भाडाकुडा र ड्रमहरू नियन्त्रणमा लिएकाे छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको र आगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *