वन नियमावली खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरसहित)

काठमाडौँ । हालै पारित भएको बन नियमावली २०७९ ले सामुदायिक बन उपभोक्ता समितिको अधिकार जिल्ला बनले लिएको भन्दै आज सामुदायिक बन उपभोक्ता महासङ्घले माइतीघरमा प्रदर्शन गरेको छ ।

वन ऐन २०७६ मा भएको सामुदायिक बन उपभोक्ता समितिको अधिकार बन नियमावली २०७९ ले खोसेको उनीहरूको आरोप छ ।

बन नीति विपरीत बन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर , सङ्घीयता विपरीत बन नियमावली खारेज गर , महिला विरोधी वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाउन खोजिएको तेहरो कर खारेज गर जस्ता नाराहरू लगाउँदै विरोध र्‍याली माइतीघरबाट नयाँ बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =