प्रचण्ड, बाबुराम र नारायणकाजीबीच भेटवार्ता

काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । उनीहरूबीच हात्तीवनस्थित एक घरमा भेटघाट भएकाे हाे । उनीहरूबीच चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बताइएकाे छ ।

उनले यसअघिनै योग्य युवा उम्मेदवार आए गोरखा २ छाड्न तयार भएको बताएका थिए । २०७४ सालकाे निर्वाचनमा उनी त्यहीबाट निर्वाचित सांसद हुन् । यसपटक पनि उनले माओवादी केन्द्रकै भर पर्नुपर्ने देखिएकाे छ । याे निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै माओवादी केन्द्रले जितेकाे छ ।

तीन नेताहरूबीच आसन्न निर्वाचनमा कसरी तालमेल गर्ने भन्नेबारेसमेत छलफल भएकाे थियाे । गठबन्धनमा कसरी तालमेल गर्ने भन्नेबारे टुङ्ग्याउनका लागि आज बैठक बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =