ट्रकको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ  । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको हो ।

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =