छुट्टाछुट्दै सवारी दुर्घटनामा ३ जनाकाे मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । नवलपरासी, सर्लाही र धादिङमा भएका दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारमा ना ८ ख २३८४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय नर बहादुर सोमैको बुधवार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै, सर्लाही, हरिवन नगरपालिका १० नयाँरोड चोकमा बा ७ च ९२२२ नम्बरको कारले ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई बुधवार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरु प्रसाद ढुङ्गेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय सरस्वती अस्पतालमा हरिवनमा सामान्य उपचार पश्चात् बयोधा अस्पताल वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यता, धादिङ, धुनिवेसी नगरपालिका ९ झ्याप्ले खोला नजिक ना ५ ख ७४८६ नम्बरको बसले सुदूर पश्चिम प्रदेश -०१-००८ प ९२९२ नम्बरको मोटरसाइकललाई बुधवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बझाङ मस्ता गाउँपालिका ५ बस्ने २५ वर्षीय पृथ्वी बहादुर ग्वालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौँ महानगरपालिका २७ स्थित राष्ट्रिय ट्रमा सेन्टरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *