नेपालीलाई अल्पमतमा पारिँदै छ, भारतीय सीमामा पर्खाल लगाऔँ : भीम रावल

काठमाडौँ । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बङ्गलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् ।

सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिए पनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको उनको भनाई छ । रावलले धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेस गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा जोड दिए ।

रावलले नागरिकता विधेयकको पनि विरोध गर्दै नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको तर्क गरे ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सबै खाले बाह्य हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । त्यस्तै, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =