‘अन वर्ल्ड फुटवेयर’मा आगलागी, ४ करोडभन्दा बढीको धनमाल जलेर नष्ट (तस्वीरहरू)

काठमाडौँ । काठमाडौँ बालाजुस्थित जुत्ता कारखानामा आगलागी भएको भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वर्ल्ड फुटवेयर’मा भएको आगलागी नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी लगायत काठमाडौँ, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलले नियन्त्रणमा लिएको थियो ।

श्रीराम पाण्डेले सञ्चालन गरेको उक्त जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट ४ कराेड बराबरकाे धनमालकाे क्षति भएको प्रारम्भिक अनुमान छ । यद्यपि क्षतिकाे पूर्व विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *