‘वामपन्थ’का प्रमुख समस्याहरू !

काठमाडाैँ । नेकपा (एमाले) का वैचारिक नेता टंक कार्कीले नेपालकाे वामपन्थी आन्दाेलनले ठूलाे समस्या झेलिरहेकाे बताएका छन् । ‘आजकाे वामपन्थ’ बारे आफ्नाे धारणा व्यक्त गर्ने क्रममा उनले यस्ताे बताएका हुन् ।

उनले मूलत: ३ वटा समस्याहरू औंल्याएका छन् । यसलाई उनकै शब्दमा हेराैँ ।

१.  संगठनात्मक प्रणाली

याे संगठनात्मक प्रणाली नै दाेषपूर्ण रह्याे । यसले यस्ताे प्रणाली उधाराे लियाे । त्याेचाहिँ के थियाे भने खास गरेर साेभियत संघमा स्टालिनले विकास गरेकाे जुन प्रणाली हाे, ‘हाईली सेन्ट्रलाईज’ थियाे । माथि-माथि हुँदै लगेर अन्तत: अध्यक्ष र महासचिवमा केन्द्रित हुने प्रणालीचाहिँ त्याे वामपन्थी आन्दाेलन केही अगाडि विश्वव्यापी नै भएकाे थियाे केही अगाडि । खास गरेर सांस्कृतिक क्रान्तिकाे सेराेफेराेदेखि मात्रै केही विचार/विमर्श हुन थाल्याे र केही पुन:विचार र करेक्सन हुन थाले ।

तर, हामी आफैँ भनेचाहिँ हाम्राे आफ्नै अतितका वामपन्थी आन्दाेलनकाे प्रणाली हेर्ने हाे भने त्याे अतित त्यस्ताे थिएन । २ वटा संगठन म यहाँहरूलाई स्मरण गराउन चाहन्छु । खासगरी कम्युनिष्ट लिग र फर्स्ट ईन्टरनेशनलमा हाईली-हाईली लाेकतान्त्रिक प्रणाली थियाे । त्यहाँ बहस हुन्थे, छलफल हुन्थे । सार्वजनिक हुन्थे, विचारमा बहस गरेबापत् कारबाही हुने कामहरू हुँदैनथे । तर, आज विचारै पनि सत्तासीनहरूकाे गुटकाे नियन्त्रणमा रहेकाे छ । जसले गर्दाखेरि समस्याहरू उठेका छन् ।

२‍. भद्दा संरचना

साेभिय सत्ताकाे ७२ वर्षकाे कार्यकालमा केन्द्रीय समितिका समस्यहरू; २८ वटा महाधिवेशन भए याे ७२ वर्षकाे अवधिमा । त्यस अवधिमा त्यस्ताे संसारकै सबैभन्दा ठूलाे, धेरै भूभाग ‌ओगटेकाे र त्यत्राे मुलुकमा केन्द्रीय समितिका सदस्यहरू कति भए भने ३७ सय भएछन् । सन् २९३४ मा केन्द्रीय समिति सदस्यकाे संख्या जम्माजम्मी ३१ जना थियाे । लेनिनकाे पालामा त त्याे अझ १७/१८ जना थियाे हाेला । तर पछाडि त्याे विचारकाे रूपमा देखिनेक्रममा साेभियत समाजभित्रै पनि परिवर्तन आयाे ।

त्याे परिवर्तन के थियाे भन्नुहुन्छ भने, म एउटा भनाइ उदृत गर्छु । एकपटक चाैलाई र ख्रुसेपकाे भेट भएछ अनि ख्रुसेपले चाैलाईलाई हेप्ने ढङ्गले ‘तँ त धनी वर्गबाट आएकाे हाेइनस्’ भनेर भनेछन् । चाैलाईले ‘हाे म धनी वर्गैबाट आएकाे हुँ, तर हामीले दुवै एउटा गल्तीचाहिँ गरिरहेका छाैँ । हामी दुवैले आ-आफ्नाे वर्गलाई धाेका दियाैँ । मैले धनीलाई धाेका दिएँ, तैँले गरिबलाई धाेका दिइस्’ भनेर भनेछन् । आफ्नाे वर्ग पक्षधरतालाई धाेका दिने प्रक्रिया याे कथामा मात्रै सीमित रहेन कि, विश्वव्यापीरूपमा यत्रतत्र देखिन थाल्याे । याे कहीँ न कहीँ सरुवाकाे रूपमा देखियाे सबैतिर । त्यसलाई कम्युनिष्ट आन्दाेलनमा ‘नियाे क्लास’ भनेर भनियाे । आन्दाेलनभित्र ‘एउटा नियाे क्लास’चाहिँ सिर्जना भयाे । याे सबै भद्दा संरचनाका कारण हुँदै आएकाे छ ।

३. निर्णय प्रक्रिया

वामपन्थी आन्दाेलनमा निर्णय प्रक्रियाचाहिँ भएन । सबैभन्दा द्रुत गतिमा ‍‍औधाेगिक विकास गरेकाे मुलुककाे रूपमा रुसलाई चिनिन्छ । अहिलेसम्मकाे रेकर्ड र इतिहासमा त्यति द्रुतताका साथ ‍औधाेगिक विकास गरेकाे अरु मुलुक छैन । त्याे औधाेगिक विकासकाे पछाडिकाे कारणचाहिँ त्यसकाे निर्णय प्रक्रिया हाे, त्यसकाे ‘बटम अफ एप्राेच’ हाे, अप-डाउन एप्राेच हाेइन । त्यसमा के भनिन्छ भने १९२६ काे पहिलाे ६ महिनामा तल्लाे वर्किङ्ग यूनिटबाट ११ हजार ८ सय ६८ वटाचाहिँ निर्णय गरेर कार्यान्वयनका निम्ति पठाइयाे भनिन्छ । त्यसमध्ये ७ हजार निर्णयचाहिँ त्यही ६ महिनाभित्र कार्यान्वयनमा लगियाे । त्यस्तै सन् १९६० ताकातिर २० लाखजत्ति निर्णय गरेर कार्यान्वयनका लागि तल्लै तहबाट सिफारिस गरियाे ।

तर, पछिल्लाे कालखण्डतिर हाम्राे के भयाे भने निर्णय प्रक्रियाहरू सबै माथि केन्द्रले गर्ने, कार्यान्वयनचाहिँ; हामीले जनवादी केन्द्रीय भन्छाैँ नि, निर्णय प्रक्रियामा जनवाद र कार्यान्वयन प्रक्रियामा चाहिँ सामूहिक कार्यान्वयन गर्ने भन्ने छ । याे ठिक हाेइन । कार्यान्वयनमा केन्द्रीयता र निर्णय प्रक्रियामा जनवाद भनेर ठ्याक्कै उल्टाे भयाे । त्याे के भइदियाे भन्नुहुन्छ भने निर्णय प्रक्रियाचाहिँ केन्द्रीयकृत भइदियाे, कार्यान्वयन प्रक्रियाचाहिँ अराजकता भयाे, जनवाद हाेइन अराजकता भयाे । त्याे बहुगुटहरू जुन देखिन्छन्, बहुविचार प्रणाली देखिन्छन्, ती देखिएका छन् । यसले पनि समस्या ल्याएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *