बझाङमा आमा र छोराछाेरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौंँ । बझाङमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । जिल्लाकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृत भेटिनेहरूमा २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र पार्की रहेकाे बुङ्गल नगरपालिका-९ का वडाध्यक्ष हरिशबहादुर सिंहले बताए । उनका अनुसार मृतक बालिकाको नाम भने खुलेको छैन।

अहिले इलाका प्रहरी कार्यालय बुङ्गलको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रमेश अवस्थीको नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

घटना के र कसरी भयो भन्ने बारे थप खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी  बाबुराम अर्यालले मकालुखबरसँगकाे भने, ‘तीन जनाको मृत्यु भएको भन्ने खबर आएकाे छ । घटनास्थल सदरमुकामभन्दा टाढा रहेकाले भखरै मात्र प्रहरी घटना स्थलमा पुगेको छ ।’

त्यस्तै उनले घटनाबारे थप जानकारी आउन नसकेकाे बताए । उनले भने, ‘म नियमित सम्पर्कमा छु, वडा अध्यक्षहरू पनि घटनास्थल पुग्नुभएको छ । केही बेरमा घटनासम्बन्धी जानकारी आउँछ । अहिले यसै भन्ने अवस्था छैन् । मृतकको परिवारबारे पनि पूर्ण जानकारी आएको छैन् ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *