मनोहरामा आएको बाढीले सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ । मङ्गलवार राति परेको भारी वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ ।

मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको हो ।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको स्थानीयले जनाएका छन् ।

सुकुम्वासी बस्तीमा बाढी छिरेपछि उनीहरूले राज्यले आफूहरूका बारेमा कुनै चासो नदिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *