मानवीय संवेदनाका कारण नर्भिकलाई समय थपेकाे बताउँदै बालेनले भने- कानुनकाे पालना गर्नुहाेला !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मानवीय संवेदनाका आधारमा नर्भिक अस्पताललाई अवैधानिक संरचना हटाउने समय दिइएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै कानुन सबैका लागि बराबर भएको कुरामा आफूहरू स्पष्ट रहेको उल्लेख गरेका छन् । उनले कानुनको पालना बराबर किसिमले हुनुपर्ने समेत बताएका छन् ।

उनले भने, ‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रस्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनु पर्छ ।’

त्यस्तै, उनले अगाडि भनेका छन्,  ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुनसक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो ।’

उनले संरचना स्थानान्तरणका लागि लाग्ने न्यूनतम समयले फरक पार्ने भन्दै इन्जिनियरिङ अध्ययनबाट समय तोकिने समेत बताएका छन् ।

उनले अनधिकृत संरचनाहरू हटाइदिन समेत आग्रह गरेका छन् । त्यसो नभएमा आफूहरूले कानुनी पालना गर्ने समेत उनले बताएका छन् ।

‘यसैले हामी पुनः आग्रह गर्छौँ, कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरू हटाइदिनुहोला’, उनले भने ‘अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *