नर्भिकमा बनाइएकाे अवैध संरचना भत्काउन पुगेका बालेन (तस्वीरहरू)

काठमाडौँ । नर्भिक अस्पतालले निर्माण गरेको अवैध संरचना हटेनहटेको अवलोकन गर्न मेयर बालेन शाह आफैँ थापाथलीस्थित अस्पताल पुगेका छन् ।

हिजो मात्रै काठमाडौँ महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल भत्काउन भन्दै २४ घण्टे अल्टिमेटम दिएको थियो ।

बालेन पुगेसँगै अस्पताल प्रशासनले बिरामीका लागि राखिएको आवश्यकीय वस्तु रहेको टहरा तत्काल भत्काउन नसकिने बताएपछि महानगर र नर्भिक प्रशासनबिच त्यहाँ रहेका सामग्री अन्यत्र जडान गर्ने र त्यसपछि मात्रै अन्य कारबाही अघि बढाउने सहमति भएको छ ।

 

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =