विचार नमिल्ने दल वा समूहसँग तालमेल हुँदैन् : सुवास नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले विचार नमिल्ने दल वा समूहसँग तालमेल नहुने बताएका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताए ।

मंगलबार बिहान पाँचथरको फिदिममा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले चुनावी तालमेलका लागि अहिलेसम्म कसैसँग कुराकानी नभएको बताएका हुन् ।

‘एमाले मजबुत र शक्तिशाली रहेकाले हामीविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्, उनीहरूविरुद्व एक्लै चुनाव लड्ने हाम्रो तयारी छ, जसलाई जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ,’ उनले भने ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =