पेट्रोलियममा ५० प्रतिशत मूल्यवृद्धि भएपछि देशव्यापी प्रदर्शन

काठमाडौँ । बङ्गलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धिको देशव्यापी विरोध भएको छ । बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो ।

सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो । टापु देश श्रीलङ्कापछि दक्षिण एसियाको अर्को देश बङ्गलादेश पनि प्रदर्शनबाट प्रभावित छ ।

आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बङ्गलादेश भर इन्धन स्टेसनमा घेरा हालेका छन् । शेख हसिना सरकारले मङ्गलवार पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *