मौरी खोलामा पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । भरतपुर महानगरपालिका २९ केराबारीस्थित मौरी खोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिङ सडक अवरुद्ध भएको छ ।

आज अपराह्न ५ : ५० बजे भरतपुर महानगरपालिका २९ केराबारीस्थित मौरी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

लेदोसहितको पहिरोका कारण सडक दुईतर्फी नै पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *