सम्झाैता विपरीत बनाइएकाे नर्भिक अस्पतालकाे संरचना भत्काउन बालेन शाहकाे निर्देशन
२०७९ साउन २३ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्झाैत विपरीत र नक्सा पास नगरी बनाइएकाे नर्भिक अस्पतालकाे संरचना भत्काउन सूचना जारी गरेकाे छ ।
मेयर बालेन्द्र (बालेन) शाहकाे निर्देशनमा महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा भत्काउन भनेकाे हाे ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।
सूचना

२०७९ साउन २३ गते
प्रतिक्रिया








