सिक्री लुटेर भाग्ने १ जना पक्राउ

काठमाडौँ । सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका ८ घर भएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका ८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौँ माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *