तलब वृद्धि अवैज्ञानिक भएकाे भन्दै नासुहरू आन्दोलित

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र कार्यरत नायव सुब्बाहरूले तलब वृद्धि अवैज्ञानिक भएको भन्दै अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।

सरकारले चालु वर्षमा गरेको तलब वृद्धि मान्य नहुने भन्दै उनीहरूले अर्थ मन्त्रालयमा धर्ना दिएका हुन् । त्यस्तै उनीहरूले नायब सुब्बा पदमा १० वर्ष काम गरेकालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले सबै तहमा एउटै मितिबाट लागू हुने गरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुने व्यवस्था गर्न माग गरेका छन् । यसैबिच अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको माग पुरा गर्ने आश्वासन दिनुभएको छ ।

कर्मचारी सङ्गठनका पदाधिकारीसँगको छलफलका क्रममा मन्त्री शर्माले तलब वृद्धिका साथै मर्यादाक्रम लगायतका विषयहरू पनि मिलाउने बताउनुभएको छलफलमा सहभागी कर्मचारीहरूले जानकारी दिएका छन् ।

कर्मचारीहरूले भने आफ्ना माग पूरा नभए मङ्गलवार सामूहिक बिदा बस्ने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *