मन्त्रीले राम्राे काम गरेकाे छ भने निरन्तरता दिनुपर्छ : पूर्वमन्त्री झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहँदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरू नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणि चौधरीले उल्टाउन थालेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताइन् । उनले एउटै पार्टीमा रहेका व्यक्तिबिचको विचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरिन् ।

उनले आफू मन्त्री रहँदा योजनाबद्ध रूपमा काम गरेको भन्दै विकास निर्माणका विषयमा विभिन्न नीतिहरू परिमार्जनको प्रयास गरेको बताइन् ।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस विषयमा पनि आफू मन्त्रालयमा रहँदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *