सिट बाँडफाँट कार्यदलको बैठकअघि बालुवाटारमा कांग्रेस शीर्ष नेताको छलफल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सत्तारुढ दलबीच तालमेल गर्ने निणर्यपश्चात् कांग्रेसको पहिलो पटक शीर्ष नेतको बैठक बसेको हो ।

तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरू चुनावको सिट बाँडफाँटलगायत विषयमा बालुवाटारमा छलफलमा जुटेका छन् । पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको बताइएको छ ।

कार्यदलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । साउन २० मा सत्तागठबन्धनका शीर्ष नेताले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्ने सहमति गरेका थिए । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *