साउन २३ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. साउन २३, २०७९ । ई.सं. ८ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । नल दक्षिणायन वर्षा । सोमबार श्रावण शुक्लपक्ष । तिथि- एकादशी, १७:०४ बजे उप्रान्त द्वादशी । नक्षत्र- ज्येष्ठा, ११:४४ बजे उप्रान्त मूल । योग- वैधृति, २६:०० बजे उप्रान्त विष्कम्भ । करण- वव २७;५२ बजेदेखि वणिज, ६:१४ बजे उप्रान्त तैतिल । चन्द्रराशि वृश्चिक । आनन्दादि योग पद्म । दिनमान ३३।०८ । सूर्योदय ५:३१ । सूर्यास्त १८:४६ । त्रएकादशीव्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला र साँझमा खर्च बढ्ने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउनेछन् । टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ । रमाइलो यात्रा पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सरकारी निकायको भए रहनेछ । पढाइलेखाइमा समय दिन सकिँदैन । अनावश्यक यात्रा पनि हुनसक्छ, तर साँझमा कुनै कुराले मन खुसी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयर बजारबाट पनि सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानातिना समस्यामा अल्झिनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी छाउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *