परिवार दलका अध्यक्ष र एमाले अध्यक्षबिच भेटवार्ता, चुनावी सहकार्यबारे छलफल

काठमाडौँ । सरकारले अगामी मङ्सिर ४ गते आइतबार एकै साथ हुने सङ्घीय संसद् तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा सँगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

ओली निवास बालकोटमा शनिवार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए ।

निर्वाचन घोषणा पछि दुई नेताबिच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्थानीय निर्वाचनमा एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए ।

भेटमा स्थानीय निकायको निर्वाचनको समीक्षा हुनुको साथै अगामी निर्वाचनमा पनि दुई दलबिच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले जानकारी दिए ।

दुवै नेता बिच आपसी संवाद र छलफलको माध्यमबाट अगाडि बढ्ने कुरामा छलफल भएकाे पौडेलले जानकारी दिए ।

झण्डै २ घण्टा भएको छलफलमा सत्ता गठबन्धन र अगामी निर्वाचनको बारेमा छलफल भएको थियो । स्मरणीय छ, दोस्रो संविधानसभाको निर्वाचन पछिका निर्वाचनमा परिवार दल र एमाले बिच चुनावी सहकार्य हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *