केही दलले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिए : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दलहरूले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन नेपालले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा ओलीले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहेको बताएका हुन् ।

प्रचण्ड र माधव नेपालहरू काँग्रेस नामको बन्चरोको बिड भएको र उनीहरूको कुनै अस्तित्व नै नरहेको ओलीको भनाई छ । उनले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफू दोस्रो हुनका लागि उनीहरू काँग्रेसको पछि पछि हिँडेको धारणा राखे ।

कांग्रेसका पछाडि लागेर समाजवाद नहुने भन्दै ओलीले समाजवादी पार्टी नाम राखेर जनतालाई नझुक्काउने काम भएको तर्क गरे । उनले गठबन्धन नामको ग्याङले देश लुटिरहेकाले अव निर्वाचनमा एमालेको सरकार बन्नुपर्ने बताए ।

आफू सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुने भएपनि अहिले अहिलेको सरकारले जहाँ छोयो त्यहाँ खरानी पारेको उनले बताए । ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै देशमा अझै विनाश हुने जिकिर गरे । आगामी निर्वाचनमा देशलाई बचाउनका लागि एमालेको बहुमत आवश्यक रहेको उनको भनाई छ ।

ओलीले हिजो एमाले सरकारले गरेका राम्राका कामको बारेमा जनतालाई बुझाइ एमालेको पक्षमा जनमत तयार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *