झलनाथ भन्छन्- ‘आसन्न निर्वाचनमा एमालेसँग पनि चुनावी तालमेल हुनसक्छ’

'गठबन्धन कायम रहन्छ'

काठमाडौंँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नाे पूर्वदल नेकपा (एमाले) सँग पनि चुनावी तालमेल हुनसक्ने बताएका छन् । मकालुखबरसँगकाे कुराकानीकाे क्रममा उनले भनेका छन्, ‘एमालेसँग पनि तालमेल हुनसक्छ । त्यसका लागि ढाेका खुल्लै छ ।’ सँगै उनले भनेका छन्, ‘तर पार्टी एकताको सम्भावनाचाहिँ छैन । आउँदै प्रादेशिक एवम् सङ्घीय निर्वाचनमा चुनावी तालमेल भने हुनसक्छ ।’

नेता खनालले एमालेसँग आफ्नो विद्रोह एमाले पार्टीसँग नरहेकोसमेत प्रष्ट्याए । ‘हाम्रो विद्रोह एमाले पार्टीसँग होइन, त्यसकाे नेतृत्वसँग हाे । एमाले हामीले विद्रोह गरेर बनाएको पार्टी हो । तर त्यहाँको नेतृत्वकाे सही अडान नलिएपछि हामीले विद्रोह गरेका हाैँ । त्यसकारण एमाले पार्टीसँग हाम्रो केही भन्नु छैन । तर, नेतृत्वमा गद्दारी गर्नेहरू छन् ।’

उनले आउँदाे निर्वाचनपछि एकीकृत समाजवादीकाे ‘पाेजिसन’ राम्राे हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *