निर्वाचनको मिति घोषणा हुँदैमा सरकार कामचलाउ हुँदैन : सांसद विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनको मिति घोषणा भएपनि वर्तमान सरकार कामचलाउ नभएको बताएका छन् ।

आइतबार संसद् भवनमा सञ्चारकमीसँग कुरा गर्दै नेता विश्वकर्माले नियमित कार्यविधि सम्पन्न गरेर हुने निर्वाचन भएकाले सरकार कामचलाउ नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले राजीनामा गरेमा, संसद्मा विश्वास गुमाएमा र संसद् विघटन भएमा मात्र सरकार कामचलाउ हुने उनको भनाई छ । संसद् विघटनपछि पुनर्स्थापित संसद्बाट बनेको पाँच दलीय गठबन्धनको सरकारले निर्वाचन गर्ने, जनताको अधिकार स्थापित गर्ने लगायतका महत्त्वपूर्ण कार्य गरिरहेको उनको भनाई छ ।

त्यस्तै एमाले नेता गोकुल बास्कोटाले एउटै चुनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चुनौती दिए । उनले गठबन्धनको काम देश बनाउने नभई एमालेलाई बिगार्ने मात्र रहेको बताए । उनले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने बताए ।

उनले मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक पर्ने र निर्वाचनमा कसैलाई बोकेर नजाने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *