संघीयता आन्दोलनको माग नै नभएको भन्दै गोकुल बाँस्कोटाले गरे आलोचना

काठमाडौँ । नेकपा एमालेका सांसद गाेकुल बाँस्काेटाले संघीयतामाथि प्रश्न उठाएका छन् ।

जनताले प्रदेश सरकार फेला नपारेकाे भन्दै बाँस्काेटाले संघीयताकाे प्रभावकारिता शून्य भएकाे बताएका छन् ।

संघीयताको विरोधमा सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका बाँस्कोटाले पहिलोपटक संसदमा पनि यस विषयमा बोलेका हुन् । संसद बैठककाे विशेष समयमा बोल्दै उनले आन्दोलनमा माग नै नभएको संघीयता नेपालमा भित्र्याइएको बताए ।

त्यस्तै उनले जनताले कसैगरी पनि प्रदेश सरकार फेला नपारेकाे समेत उल्लेख गरे ।

उनले भने, ‘संघीय सरकारका ३९४ वटा टायरका कुराले जनता आजित भइसकेका छन् । जनताले संघीयता फेला पारेका छैनन् । प्रदेश जनताले फेला पार्दैनन् । स्थानीय तहमा कर्मचारी छैनन् । पुलिसलाई ८९९ सय संसद र मन्त्रीको सलामी गर्दै ठिक्क छ । जनता असुरक्षित छन् ।’

उनले ल्याउने र उपभाेग गर्ने दुवैलाई थाहा नहुने गरी कसरी संघीयता आयो भन्दै प्रश्न गरे । ‘कुनै आन्दोलनमा नउठेको, आन्दोलनकारीको माग नभएको, ल्याउनेलाई थाहा नभएको, उपभोग गर्नेलाई पनि महसुस नभएको संघीयता कसरी आयो ?’ बाँस्कोटाले प्रश्न गरे, ‘संघीय सरकारका टायरमाथि टायरबाट जनताले हविगत व्यहोर्नुपरेको छ । कसैले जिम्मा लिएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =