निहारिका राजपूत काखे बालकसहित सर्वोच्च अदालतबाट पक्राउ

काठमाडौँ । ‘कुमारी आमा’ भनेर चिनिने सोनाली कुमारी सिंह (निहारिका) पक्राउ परेकी छन् ।

उनलाई आइतवार सर्वोच्च अदालत अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।

राज्यसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनी श्रावण २० गते सिंहदरबार दक्षिणी गेट अघि काखे बालक च्यापेर उनी एकजना सहयोगी सहित अनसन बस्न पुगेकी थिइन् । निषेधित क्षेत्रमा अनसन बसेको भन्दै प्रहरीले उनलाई गिरफ्तार गरी वसन्तपुर लगेर छाडेको थियो ।

त्यसपछि वसन्तपुरमा अनसनरत उनी, आज सर्वोच्च अघि “न्याय माग्न” पुगेकी थिइन् । प्रहरीले आज फेरी उनलाई पक्राउ गरी वसन्तपुर नै लगेर छाडेको छ ।

आफ्नो माग पूरा नभए अनसन स्थलमा प्राण त्याग गर्ने समेत उनले चेतावनी दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *