मेस्सी र नेयमार चम्कदा पिएसजीको सानदार सुरुवात

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले नयाँ सिजनको शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न सिजनको पहिलो खेलमा पिएसजीले क्लेर्मोन्ट फूटलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने नेइमार, आचर्फ हाकिमी र मार्क्योनसले एक/एक गोल गरे । खेलको नवौं मिनेटमा नेइमारले पिएसजीका लागि शुरुवाती गोल गरेका थिए भने हाकिमीले २६औं मिनेटमा, मार्क्योनसले ३८औं मिनेटमा र मेस्सीले ८० र ८६औँ मिनेटमा गोल गरेका थिए ।

यस खेलमा नेइमारले तीन गोल असिस्ट गरेका थिए । योजितसँगै पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब पिएसजीले अर्को खेल मोन्टपेल्लिएरविरुद्ध अगस्त १४ मा खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *