रोकियो लिभरपुल

काठमाडौँ । लिभरपुल प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुललाई प्रिमियर लिगमा कमब्याक गरेको फुलह्यामले कडा चुनौती दिएको हो ।

लिभरपुल र फुलह्यामबीचको यो खेल २-२ गोलको बराबरीमा रोकिएपछि दुवैले १-१ अंक बाडेका छन् । फुलह्यामका लागि दुवै गोल अलेक्सन्डर मिट्रोभिकले गरेका थिए भने लिभरपुलका लागि डर्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

खेलमा ३२औं मिनेटमा गोल गर्दै फुलह्यामले शुरुवाती अग्रता लिएको थियो भने लिभरपुलका लागि डर्विन नुनेजले ६४औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलको ७२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै २-१ को अग्रता लिएको थियो भने लिभरपुलका लागि खेलको ८०औं मिनेटमा मोहमद सलाहले गोल गर्दै हारबाट जोगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *