केपी ओली मसिहाको रुपमा आउने सम्भावना समाप्त भयो : माधवकुमार नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अव सत्तामा आउने बाटो सकिएको बताएका छन् ।

पोखरामा पत्रकारसँग कुरा गर्दै उनले ओलीको सम्भावना नरहेकोले एमालेका नेता कार्यकर्तालाई एकीकृत समाजवादी पार्टीमा लाग्न आग्रह गरे । ‘केपी ओली मसिहाको रुपमा आउने सम्भावना समाप्त भएको छ ।

यस्तो स्थितिमा एमालेमा भएका साथीहरुलाई एकीकृत समाजवादीमा आउनका लागि आह्वान गर्न चाहान्छु,’ उनले भने, ‘अब यही पार्टीमा भविष्य छ । यसैले आशा र विश्वास जगाउन सक्छ ।’ नेपालले बामपन्थी शक्तिले दुई तिहाइ मत पाउँदा समेत देशलाई विकासको बाटोमा लान नसकेको भन्दै केही ब्यक्तिको दम्भका कारण कम्युनिष्ट आन्दोलनले नै धक्का खाएको बताए ।

उनले एकीकृत समाजवादी अव गठबन्धनको निर्णय कुरेर नबस्ने बताएका छन् । ‘आगामी चुनावमा पार्टीले आफ्नो तयारी गर्छ । प¥यो भने एक्लै चुनाव लड्ने हो । संगठन बलियो बनाउनुस्, कलम चिन्हमा मत माग्न लाग्नुस्,’ उनी अघि भन्छन्, ‘गठबन्धनभित्र सीटको तालमेल छलफलको क्रममा छ । हामीलाई कसैले इग्नोर गर्छ भने मुर्खता मात्रै हो ।’ आगामी चुनावमा समाजवादीले अहिलेको भन्दा राम्रो सीटमा चुनाव जित्ने दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =