सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढ्दो, तटीय क्षेत्र जोखिममा

विराटनगर । पूर्वी पहाडी जिल्लामा भएको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब अत्याधिक बढेको छ । पानीको बहाब रातीसम्म बढेर जाने अनुमान गएिको छ । बिहानैबाट सप्तकोसी नदीमा पानीको बाहाव अस्वाभाविक रुपमा बढेको सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताए । उनले पानीको बहाब बढ्ने क्रम रातिसम्म जाने बताए । शनिबार दिउँसो १ बजे गरिएको मापन अनुसार सप्तकोसी नदीमा २ लाख ५ हजार क्युसेक पानी प्रतिसकेण्ड कोसी व्यारेजबाट बगेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार सप्तकोसी नदीमा पानीको बाहब ५ लाख क्यसेकसम्म पुग्ने अनुमान गरिएको छ। सप्तकोसी नदीमा अस्वभाविक रुपमा पानीको वहाब हुँदा तटिय क्षेत्रका वासिन्दालाई सुरक्षीत रहन आग्रह गरिएको छ ।

शनिबार बिहानबाट सप्तकोसी नदीमा पानीको बाहाब बढ्दा सप्तकोसीले धार परिवर्तन गर्दा प्रभावित भएकाहरु थप जोखिममा परेका छन् ।
बिहिबारबाट घाम लागेका कारण सप्तकोसी नदीमा पानीको मात्रा घट्दै गएको थियो ।

पानीको बाहब घटे्पछि श्रीलंका टप्पुबाट विस्थापीत भएकाहरु पनि घर फर्कन थालेका थिए । पुन पानीको बाहाब बढेपछि जोखिम भएको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =