सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बढ्यो बहाव

काठमाडौँ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घण्टादेखि भारी वर्षा मापन भइरहेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।

भारी वर्षाका कारण मेलम्ची नदीको जलसतह बढ्दो रहेको विभागले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न वडाहरूमा बाढी बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार हेलम्बु गाउँपालिका-१ हुँदै आउने खोलाको बहाव बढेको हो । तामाङले सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *