इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरूआत

काठमाडौँ । इंग्लिस  प्रिमियर लिगमा आर्सनलले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न यस सिजनको प्रिमियर लिगको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा पहिलो गोल गाब्रियल मार्टिनेलीले खेलको २०औं मिनेटमा गरेका थिए भने दोस्रो गोल क्रिस्टल प्यालेसका मार्क गुएहीले खेलको ८५औं मिनेटमा आत्मघाती गोल गरेका थिए । मार्टिनेली यस सिजनको प्रिमियर लिगको पहिलो गोल गर्ने खेलाडी बनेका छन् ।

योसहित आर्सनलले महत्वपूर्ण ३ अंक हासिल गरेर सिजनको शुरुवात गरेको छ । आर्सनलले अब अर्को खेल अगस्त १३ मा लेस्टर सिटीविरुद्ध खेल्ने छ । त्यस्तै क्रिस्टल प्यालेसले भने अर्को खेल अगस्त १६ मा लिभरपुलविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *