बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

काठमाडौँ । बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ ।

सङ्घका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले आज जारी गरेका विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गरेका हुन्। रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि सङ्घले बीमा समितिसँग माग गरेको छ ।

सङ्घले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ । बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि सङ्घले जोडदार माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =