सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडाैँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक बालुवाटारमा जारी छ । सरकारले आमनिर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट गठबन्धनका नेताहरूको बैठक बसिरहेको हो ।

बैठकमा सत्तारूढ दलका दोस्रो तहका नेताहरू पनि सहभागी छन् । बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुनेछ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहने बताउँदै आएका छन् तर सिट बाँडफाँटको विषय सबैभन्दा पेचिलो बन्ने देखिन्छ ।

०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँछन् । तालमेलमा सहमति जुट्न नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ ।

एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने कांग्रेसको प्रस्ताव छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *