यसकारण पाउँदैनन् ५ लाख बढी युवाले भोट हाल्न

काठमाडौँ । आउँदो मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा करिब ५ लाख युवा भोट हाल्नबाट वञ्चित हुने भएका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै १८ वर्षमाथिका करिब ५ लाख युवा भोट हाल्नबाट वञ्चित हुने भएका हुन् ।

गृहमन्त्रालयको तथ्यांकअनुसारअघिल्लो वर्षको फागुनसम्म ६ लाख ८० हजार ५३३ युवाले नागरिकता लिन बाँकी थियो । जसमध्ये करिब ५ लाख १८ वर्षमाथिका छन् । नागरिकता बनाउनै बाँकी उनीहरुले अब मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भोट खसाल्न पाउने छैनन् । चुनावको मिति घोषणा भएकै दिनदेखि मतदाता नामावलीमा नाम दर्ता रोकिएको छ ।

संसदको दुवै सदनबाट पारित भइ सभामुखले १५ साउनमा प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन । नागरिकता विधेयक ऐन बनेर कार्यान्वयनमा नजाँदै सरकारले बिहीबार चुनावको मिति घोषणा गरेको हो ।

मत हाल्नका लागि मतदाता नामावलीमा नाम हुनुपर्छ, त्यसका लागि नागरिकता चाहिन्छ तर, १६ वर्ष उमेर पुगेका ६ लाख ८० हजार ५३३ जनासँग नेपाली नागरिकता छैन । नेपालको संविधान २०७२ ले मतदानको अधिकारलाई मौलिक हकमा राख्दै मतदाता नामावलीमा नाम हुन नेपाली नागरिकता हुनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *