रोनाल्डो प्रिमियर लिगको पहिलो खेलमा बेन्चमा !

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा बेन्चमा रहने भएका छन् । म्यानचेस्टर युनाइटेड छोड्ने विषय स्पष्ट नभइरहेको उनी पहिलो खेलमा बेन्चमा रहने भएका हुन् ।

युनाइटेडको आगामी आइतबार हुने ब्राइटनविरुद्धको सिजनको पहिलो खेलमा रोनाल्डो बेन्चमै रहने जनाइएको छ । युनाइटेडको प्रि-सिजन अन्तर्गतको अन्तिम खेलमा घरेलु मैदानमा रायो भल्लेकानोविरुद्ध पहिलो हाफ मात्र खेलेका रोनाल्डो लामो समय मैदान बाहिर रहेको भन्दै प्रशिक्षक एरिक टेन ह्यागले उनलाई पहिलो खेलमा बेन्चमा राख्ने बुझिएको छ ।

रायोविरुद्धको खेलमा पहिलो हाफपछि रोनाल्डोलाई नखेलाएपछि उनी खेल जारी रहेको बेला स्टेडियम छोडेको विषय अहिले पनि चर्चामा रहेको छ । प्रशिक्षक ह्यागले रोनाल्डोको व्यवहारबारे प्रतिक्रिया दिँदै कुनै पनि खेलाडीको त्यस्तो व्यवहार आफूलाई स्वीकार्य नहुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *