ताइवान वरपर चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानले किन जनायो आपत्ति ?

काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास शुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।

चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ । जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए । ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ । चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ ।

यो पनि : चीनद्वारा ताइवान नजिकै २ मिसाइल प्रक्षेपण

चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ । रोएटर्स रिपोर्टका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् । स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी शुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइलभित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *