सिट बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक

काठमाडाैँ । सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न लागेको यो पहिलो पटक हो । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।

बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुनेछ । ०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँछन् । तालमेलमा सहमति जुट्न नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ ।

एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने कांग्रेसको प्रस्ताव छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *