सुनचोरी प्रकरण : धनगढीका लामिछानेसँगै थप तीनजना पक्राउ

धनगढी । सुनचोरी तस्करी प्रकरणमा मुछिएका धनगढीका सुन व्यवयासी सन्तोष लामिछानेसहित थप तीन जनालाई पक्राउ परेका छन् । लामिछाने भारतको मुम्बई जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि सोही प्रकरणमा कैलाली प्रहरीले थप तीन जना पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए । उनले लामिछानेसहित चार जना भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको बताए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तत्काल विस्तृत विवरण दिन नसकिने उनले बताए । एक करोड बढीको सुन चोरीको उजुरी भारतीय दूतावासमार्फत् आएको प्रहरीले जनाएको छ ।

उक्त प्रकरणको विगत डेढ महिनादेखि अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेलाई पनि कैलाली ल्याइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *